अनिल खत्री, गुल्मी ।
गुल्मीमा श्रीमतीको हत्य गरि श्रीमान फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका ६ पनाहा निवासी ३२ वर्षिय दुर्गा नेपालीले आफनै श्रीमती ३१ वर्षिय सिता नेपालीलाई हत्य गरि फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।
नेपालीले शुक्रवार बिहान श्रीमतीलाई कुटपिट गरेर हत्य गरेर फरार भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्य गरेर फरार श्रीमानको खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।
घटना स्थल गुल्मीसँगै छिमेकी अर्घाखाँची र प्युठान जिल्ला नजिकै पर्दछन् । घटना बारे थप बुझनको लागि प्रहरी उपरिक्षक बस्नेत सहित जिल्लाबाट टोली घटना स्थल तर्फ लागेको छ । घटना बारे थप जानकारी अनुसन्धान पछि मात्रै खुल्ने प्रहरी उपरिक्षक बस्नेतले बताए ।











प्रतिक्रिया