बल्ल शुरु भयो न्यायिक समितिले इजालस


सरोज यादव, बिराटनगर
विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजालस कक्षबाट मुद्दाको सुनुवाई गर्ने प्रकृया सुरु गरेको छ ।
विहीबार एक कार्यक्रमको आयोजना गरी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली , उपमेयर एवम न्यायिक समितिकी संयोजक इन्दिरा कार्कीसहित समितिका सदस्यहरुले समितिको इजलासको शुभारम्भ गरेका हुन । न्यायिक समितिमा पर्ने मुद्धा यसअघि इजालस कक्षको अभावमा उपमेयरको कार्यकक्षबाट नै कार्यसम्पादन हुदै आएको थियो । महानगरले विहिबारबाट छुटै इजालस कक्षको निर्माण गरी मुद्दाको निरुपण गर्ने कार्य शुरु गरेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन ।

उपमेयर एवम समितिकी संयोजक कार्कीका अनुसार न्यायिक समितिमा पर्ने मुद्दाको सुनवाई अव साप्ताहिक रुपमा इजालस कक्षबाट कार्य सम्पादन गरिने छ । उपमेयर कार्की संयोजक रहेको तीन सदस्य न्यायिक समिति इजालसमा विनोदकुमार बस्नेत र तिर्र्थेन्द्र न्यौपाने सदस्य रहेका छन । विराटनगर महानगरपालिको न्यायिक समितिमा एक बर्षको अवधिमा ७१ वटा मुद्दा परेका छन ।
स्थानीय सरकार गठन भएको एक बर्षको अवधिमा परेका मुद्दामध्ये सम्बन्ध विच्छेदका २३ वटा मुद्दा परेको छन । घर जग्गा मोही सम्बन्धी परेको १२ वटा मुद्दा परेका छन । खान लगाउन पाँउ भनेर परेको मुद्दामा दुईवटा,बसोवास र क्षतीपूर्ती सहित शान्ति सुरक्षाको सम्बन्धी परेको ३४ वटा मुद्दा परेका छन । हप्तामा करिव तीन वटा मुद्दा दर्ता हुने गरेको न्यायिक समितिले जनाएको छ ।