चिनियाँ पत्रकार टोलीसँग सहकार्यका लागि सम्झौता


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल पत्रकार महासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको अल चाइना जर्नालिष्ट एसोसिएसनको प्रतिनिधिमण्डल र नेपाल पत्रकार महासंघबीच आपसी सहकार्यका लागि सम्झौता भएको छ ।

पाँचदिने नेपाल भ्रमणका क्रममा रहेको अल चाइना जर्नालिष्ट एसोसिएसनको प्रतिनिधिमण्डललाई बिहीबार नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा गरिएको स्वागत तथा भेटघाटका क्रममा दुई देशका पत्रकारबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।

–आपसी मित्रतालाई प्रगाढ पार्दै बेल्ट एण्ड रोड इनिसिएटिभका लागि दुवै पक्षका पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने ।
–दुई मुलुकका पत्रकार बीचमा प्रबुद्ध समुह निर्माण गरी संवाद, छलफल, गोष्ठी र बैठक जस्ता गतिविधिलाई निरन्तरता दिने ।
–पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम तथा भ्रमण आदान प्रदान गर्ने ।
–बेल्ट एण्ड रोड इनिसिएटिभ विषयको रिपोर्टिङका लागि आपसी सहयोग गर्ने र उत्कृष्ट रिपोर्टका लागि पुरस्कारको स्थापना गर्ने ।

नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका महासचिव रमेश विष्टले र अल चाइना जर्नालिष्ट एसोसिएसनका तर्फबाट कार्यकारी सचिव पान ग्याङ्गले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापत्रमा निम्न बुँदाहरु रहेका छन् ।

 

चिनियाँ पत्रकार टोली भक्तपुरमा

यसैबीच नेपाल भ्रमणमा रहेको चिनियाँ पत्रकार टोलीले आज भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको अवलोकन गरेकके छ ।
अल चाईना जर्नालिस्ट एशोसिएसनका महासचिव पान गाङ नेतृत्वको ५ सदस्यीय पत्रकार टोलीले भक्तपुरको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाको अवलोकन गरेका हुन् ।

चिनियाँ पत्रकार टोलीलाई नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी र नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश सचिव अमर भुजु, लगायत भक्तपुरका पत्रकारले भादगाउँले कालो टोपी र खादा लगाएर दरबार स्वाक्वर प्रवेशद्वारमा स्वागत गनुभएको थियो ।
चिनियाँ पत्रकार टोलीले दरबार स्वाक्वर, गोल्डेन गेट, तलेजु मन्दिर, ५५ तल्ले झ्याले दरबार, पाँचतल्ले मन्दिर, पोटरी स्वाक्यरको अवलोकन गरेका छन् ।
अवलोकन पश्चात् चिनियाँ पत्रकार टोलीले ऐताहासिक मठ मन्दिर र विश्व सम्पदा क्षेत्रको भ्रमण गर्न पाउँदा आफूहरु हर्षित भएको बताएका छन् ।