सिल्क रोड एक्स्पो २०१८ मा नेपाली टोली


नेपाल समाचारपत्र, काठमाडौं
चीनको ग्वाङ्गजाओमा आयोजित २१औँ सताब्दी समुन्द्री सिल्क रोड एक्स्पो २०१८ मा पाटा नेपाल च्याप्टरले सहभागिता जनाएको छ ।
अक्टोवर २४ देखि २६ सम्म आयोजित २१औँ सताब्दी समुद्री सिल्क रोड एक्स्पो २०१८ मा नेपालले सहभागिता जनाएको हो । विश्वभरीका ४६ मुलुकहरु बाट ८सय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको उक्त एक्स्पोमा नेपाल डेलिगेशनको अगुवाई पूर्वउप–प्रधानमन्त्री नारायण काजी श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा अक्टोवर २५ रु २६ तारिखका दिन “बेल्ट एण्ड रोड ग्रिन ईन्डष्ट्रिअल इन्टिग्रेरेशन फोरम” मा हरीत वाणिज्य, पर्यटन, साँस्कृतिक तथा प्राविधिक उद्योगहरुको अन्तर्राष्ट्रिय संयोजन सम्बन्धित महत्वपुर्ण विषयहरुमा छलफल गरीएको थियो । त्यहाँ पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यले नेपालको तर्फबाट प्रस्तुती दिएका दिनुभएको थियो । उहाँले नेपालमा विशेष गरी पर्यटनक्षेत्र तथा विविध अन्य क्षेत्रहरुमा लगानीको अवसर बारे प्रकाश पारेका पार्नु भएको थियो ।

‘द बेल्ट एण्ड रोड’को पहलले नेपालको विकासमा पु¥याउने महत्वपुर्ण योगदान वारे उल्लेख गदै वर्तमान परिपेक्षमा नेपाली पर्यटनको विकासका लागि पूर्वाधारमा लगानी अपरिहार्य रहेको बताउदै सरकारी, सरकारी–निजि वा निजि तहका विविध क्षेत्रमा चिनियाँ लगानी कर्ताहरुका लागि प्रयाप्त अवसरहरु रहेको बताउनुभयो ।

चिनियाँ सरकारद्धारा प्रस्तावित ‘द बेल्ट एण्ड रोड’को पहलमा साझेदारी, सहकार्य र सहभागिताले नेपालमा हवाई सेवा सवलीकरण तथा माईस टुरिजम वृद्धि र विकासमा समेत ठुलो सहयोग पुग्ने पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताउनुभयो ।