३ जना छात्राद्वारा विष सेवन


गुल्मी, (नेस)
गुल्मीमा ३ जना छात्राले विष सेवन गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका १० स्थित भगवती माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्ने समिक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

बुधवार स्कुलमै मुसाको विष बोतलमा घोलेर सुरुमा समिक्षाले खाएको र पछि अरु २ जना साथीहरूलाई खानेपानी भनेर खुवाएको उपरीक्षक बस्नेतले बताए । बिहान अतिरिक्त कक्षा चलिरहेको समयमा उनीहरुले विष सेवन गरेको प्रहरीले जनाएको छ ।

विष सेनव गरेका ३ जनालाई नै जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ । विष सेवन गर्ने समिक्षाले आफ्नो स्थानीय केटासँग प्रेम सम्बन्ध रहेको तनाव भएपछि विष सेवन गरेको प्रहरीले जनाएको छ । अरु २ जनाले भने बिष भन्ने थाहा नभई उसैले खाएर केहि नभनी खाउ भनेका कारण खाएको प्रहरीले जनाएको छ ।