राज्य ब्यवस्था समिति सैनिक मुख्यलयमा


काठमाडौ (नेस) । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यहरुलाई नेपाली सेनाको पछिल्लो अवस्थाको बारेमा जानकारी दिइएको छ ।

सैनिक मुख्यालय भद्रकालिमा आयोजित कार्यक्रममा समितिका सदस्यहरुलाइ सेनको पछिल्लो संरचना नेपाली सेनाले गर्दै आएको कामको बारेमा जानकारी गराइएको थियो । उक्त अवसरमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति पूर्ण चन्द्र थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाली सेनका सम्बन्धित विभागका जर्नेलहरुले नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठ्माडौं–तराईरमधेश द्रुतमार्गको आयोजना र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो । सो अवसरमा अवसरमा नेपाली सेनालाई समय सापेक्ष आधुनिकीकरण र पेशागत व्यवसायीकरण गर्न अवलम्बन गर्नु पर्ने विषयमा छलफल समेत भएको थियो ।

.कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले सेनाले गरेको कामका बारेमा जानकारी लिनु भएको थियो ।