नेपाल र कोरियाका साना तथा मझौला व्यवसायमा सहकार्य हुने


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझादारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीकले हस्ताक्षर गर्नुभयो ।

अन्तर्राष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सँचना आदान प्रदान र आर्थिक व्यावसायिक सहयोग अभिवृद्धि गर्ने उद्देश्य रहेको कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।

यसबाट समग्रमा साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । समझदारीपत्रमा यसका उद्देश्य, सहयोगका क्षेत्र, समन्वय गर्ने अधिकारीको व्यवस्था, कार्यान्वयन इकाई, वित्तिय व्यवस्थापन लगायत गरी १५ वटा दफा समेटिएका छन् ।

साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, सीपको आदान प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानुनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी समझदारीपत्रमा दुवै संस्थाको वेभसाइटमार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी सँचना तथा जानकारी आदान प्रदान गर्ने, एकअर्का देशमा आयोजना हुने व्यापार मेलामा साना तथा मझौला व्यवसाय सम्बन्धी विशेष प्रदर्शनीको प्रबन्ध गर्ने, यस सम्बन्धमा छलफल अन्तत्र्रिmया आयोजना गर्ने, साना मझौला उद्यमी व्यवसायीको अध्ययन भ्रमणको व्यवस्था समयसमयमा मिलाउने, दुवै देशले अवलम्वन गरेका प्रविधिहरूका विषयमा जानकारी सहित प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने आदि उल्लेख गरिएको छ ।

समझदारीपत्र हस्ताक्षर समारोहमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको साना तथा मझौला व्यवसायको विकासका लागि उद्यमशीलता र नवीनता महत्वपँर्ण तत्व रहेकोमा जोड दिइयो । पर्याप्त वित्तीय पहुँचको अभाव, न्यँन उद्यमशीलता, तालीम तथा व्यवसाय शुरु गर्ने जानकारीको अभाव, बजार प्रवद्र्धन तथा संस्थागत विकास हुन नसक्नुनै नेपालमा साना तथा मझौला व्यवसायले भोग्नु परेका प्रमुख समस्या रहेको औंल्याउंदै दुवै संस्थाबीच भएको सहकार्य यस क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने विश्वास समेत सो अवसरमा प्रकट गरियो ।

समझदारीपत्रमा हस्ताक्षरपश्चात साना तथा मझौला व्यवसायका लागि नेपाल कोरिया बीटुबी अन्तरक्रियाको समेत आयोजना गरिएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, महासंघका कार्यवाहक अध्यक्ष गोल्छा, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण साखः, एसबीसीका अध्यक्ष ली साङ जीकलगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल र कोरियाबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारको अथाह सम्भावना रहे पनि दुवै देशबीचको व्यापार भने निकै सानो आकारमा रहेकाले आपसी व्यापार प्रवद्र्धनमा समेत यो सहकार्यबाट सघाउ पुग्ने विश्वास प्रकट गरियो । महासंघमा रहेको तथ्यांकअनुसार आर्थिक वर्ष सन् २०१६÷१७ मा नेपालको कोरियासँग ८२.६ मिलियन अमेरिकी डलर बराबरको व्यापारघाटा रहेको देखिन्छ ।