ईसेवाको तिहार अफर एयरलाइन्सको टिकटमा शतप्रतिशत क्यासब्याक


काठमाडौं, (नेस)
ईसेवा फोन पे प्रालिले तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत हरेक दिन ३ जना विजेता घोषित हुनेछन् ।

एयरलाइन्स टिकट काट्नेमध्ये विजेता छनोट गरी प्रथम पुरस्कार स्वरुप शतप्रतिशत क्यासब्याक, दोस्रो पुरस्कार स्वरुप ५० प्रतिशत रकम क्यासब्याक र तेस्रो पुुरस्कार स्वरुप ईसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ ।

ईसेवाले यसअघि दशैंलाई लक्षित गर्दै ‘दशैं धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । जुन उपहार योजनामा करिब ३ सयभन्दा बढीले उपहार जित्न सफल भएका थिए । ईसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको पहिलो भुक्तानी प्रदायक कम्पनी हो ।