कृषि विकास बैंकको नयाँ शाखा पुर्कोट दहमा खुल्यो


काठमाडौं, (नेस)
कृषि विकास बैंकले गुल्मी जिल्लाको मदाने गाउँपालिकास्थित पुर्कोट दह नयाँ उद्घाट्न भएको छ । सो शाखा प्रतिनिधिसभा सदस्य रामकुमारीले उद्घाटन गर्नु भएको हो ।

प्रमुख अतिथि झाँक्रीले बैंक स्थापनाप्रति खुशी व्यक्त गदै लामो प्रयासपछि सो शाखाको स्थापना भएको भन्दै यस क्षेत्रमा कृषि विकास बैंकको योगदान बारे चर्चा गर्नुभयो ।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले नेपालको सबैभन्दा बढी शेयरधनी, निक्षेपकर्ता, कर्जाग्राही, शाखा सञ्जाल भएको, ग्रामीण भेगमा शाखा कार्यालय रहेको, आफ्नो कुल कर्जा लगानी रकमको करिब ३४ प्रतिशत लगानी कृषि क्षेत्रमा रहेकोे बताउनुभएको थियो ।

सो कार्यक्रममा मदाने–६,पुर्कोटदह (नुँवारा) निवासी स्थानीय समाजसेवी ८५ वर्षीय चक्रबहादुर कुँवरलाई दोसल्ला ओढाएर सम्मान गरिएको कृषि विकास बैंक पुर्कोट दहका ओमबहादुर डाँगीले गर्नुभएको थियो ।