हिमालयन हाइड्रो एक्स्पो हुने


नेपाल समाचारपत्र, काठमाडौं
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ आयोजना गर्ने भएका छन् ।

नेपालमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा अभँतपँर्व क्रियाकलापसंँगै थप ऊर्जा उत्पादन, लोडसेडिङको न्यँनीकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निर्माणको बाटोमा राष्ट्र अघि बढेको छ । यसै परिप्रेक्षमा हिमालयन हाइड्रो एक्स्पो २०१९ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने र ऊर्जा क्षेत्रमा लागेका सवै सरोकारवालाहरुलाई एक ठाउँमा भेला गर्ने उदेश्यले आयोजना हुन लागेको छ आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताउनुभयो ।

माघ ४ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०१९ मा एक सयभन्दा बढी स्टल रहने अनुमान गरिएको छ।जलविद्युत् प्रवद्र्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने भएको छ ।

ती स्टलमध्ये करिब आधा विदेशी स्टल रहनेछन् । २०१८ को एक्स्पोमा स्वदेशी तथा विदेशी गरेर एक सयभन्दा बढी स्टल थिए भने ५० हजारभन्दा धेरैले एक्सपो अवलोकन गरेका थिए ।

यसपटकको एक्स्पोमा ऊर्जासंँग सम्बन्धित नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ । यसका साथै एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टरमार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने व्यवस्था गरिने इपान अध्यक्ष गुरागाईले बताउनुभयो ।

एक्स्पोमा इन्जिनियरिङ संकायका विद्यार्थीहरुका बीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोग सम्बन्धमा समेत जानकारी दिइने छ ।

जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु¥याउने विश्वास गरेका छौं ।