दोहोराे करविरुद्ध स्थानीय, पर्यटन व्यवसायी र मजदँर आन्दोलित


नेपाल समाचारपत्र, भक्तपुर
भक्तपुर र काभ्रेको सिमानामा रहेको चर्चित पर्यटकीय स्थान नगरकोटमा जाने बाह्य देशका पर्यटकले दोहोरो कर तिर्नुपर्ने भएको छ । दुई स्थानीय सरकारले एकै स्थानको लागि दोहोर कर लिएको भन्दै नगरकोटका स्थानीय बासिन्दा, पर्यटन व्यवसायी र होटलमा कार्यरत मजदँर आन्दोलनमा उत्रिएका छन् ।

दबाब स्वरुप आइतबार कालो झण्डासहितको विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर उनीले नगरकोट बजारको परिक्रममा गरेका हुन् । उक्त विरोध कार्यक्रममा सहभागी हुँदै चाँगुनारायणका स्थानीय बासिन्दा धिरज तामाङले नगरकोटलाई कर कोटबाट मुक्त गर्न बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका छन् ।

होटल मजदँर संगठनका तर्फबाट आफ्नो धारणा राख्दै अध्यक्ष रोहित तामाङले दुई स्थानीय सरकारको कर नीतिले हजारौं मजदँरको रोजीरोटीमा असर पर्ने दाबी गर्नुभयो । पर्यटन व्यवसायी तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष नवीन गुरुङ, सचिव धनबहादुर लामाले पर्यटकबीच एकदम गलत सन्देश गएकाले अहिलेको मध्य सिजनमा गतवर्ष भन्दा ३० प्रतिशत कम पर्यटक नगरकोट आएको जानकारी दिनुभयो ।

दोहोर करको नीतिले सरकारले मनाउने भनेको पर्यटन वर्ष २०२० लाई समेत गम्भीर असर पर्ने उनीहरुको भनाइ रहेको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा असोज २९ गतेदेखि दोहोरो कर लागेको हो ।

भक्तपुर र काभ्रेको करिब ३ सय मिटर फरकको दँरीमा नै दाहोर कर तिर्न परेपछि आफँलाई नराम्रो लागेको हल्यान्डबाट नगरकोट आएका एक पर्यटकले बताए ।दुवै नगरपालिकामा गरी करिब एक सय होटल तथा रेष्टुराँहरु नगरकोटमा रहेका छन् । जसमा सामान्यदेखि तारे होटलसमेत छन् ।

मण्डनदेउपुर नगरपालिकाले २०७५÷७६ का लागि नगरपालिकाअन्तर्गत नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्यँ टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकहरुसँग प्रवेश शुल्क उठाउने भएको हो । भक्तपुरको चाँगुनारायण नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ५१ लाख रुपियाँ नगरकोट जाने पयर्टकसंँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएको थियो ।