शेयर बजारमा सुधार


काठमाडौं, (नेस)
अघिल्लो दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक सोमबार ६ दशमलव १६ अंकले बढेर १ हजार २ सय २० दशमलव ५२ को बिन्दँमा पुगेको छ ।

कुल १ सय ६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर ३७ करोड १६ लाख ५६ हजार ९ सय २३ रुपियाँमा कारोबार भएको थियो ।

यस दिन सबैभन्दा बढी कारोबार माछापुच्छे« बैंकको भएको छ । सो बैंकको ९ करोड ६९ लाख ९ हजार ९१३ रुपियाँको शेयर कारोबार भएको छ । समग्र परिसँचक वृद्धि भए पनि दुई समँह अन्य समँह ३ दशमलव ९५ र जीवन बीमा समँह ४ दशमलव ७१ अंकले घटेका छन् । यद्यपी, बैंकिङ समँह ७ दशमलव ६१, होटल समँह ४८ दशमलव ४३, विकास बैंक समूह ११ दशमलव ८७, जलविद्युत् समँह एक, फाइनान्स समँह १ दशमलव ९२, निर्जीवन बीमा समँह ३० दशमलव ५, उत्पादन समँह १३ दशमलव ५६, माइक्रो फाइनान्स समँह ९ दशमलव शँन्य २ अंकले बढेका छन् ।

त्यस्तै सोमबार पनि सर्वाधिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । सो कम्पनीको शेयर मँल्यमा ९ दशमलव ९६ प्रतिशतले बढेको छ । धेरै गुमाउनेमा मञ्जुश्री फाइनान्सका लगानीकर्ता रहेका छन् । सो कम्पनीको शेयर मँल्यमा ३ प्रतिशतले घटेको छ ।
सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापन कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि १ दशमलव २९ अंकले बढेर २ सय ५८ दशमलव ८२ अंकमा पुगेको छ ।