किबी जोन कार्यक्रमको तयारी


इलाम, (नेस)
व्यावसायिक रुपमा किबी खेती हुँदै आएको इलाम जिल्लामा चालँ आर्थिक वर्षबाट किबी जोन कार्यक्रम सञ्चालन हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा ‘किबी जोन’ कार्यक्रम सञ्चालनको तयारी थालिएको हो ।

पाँचसय हेक्टर क्षेत्रफलमा किबी जोन फैलिने छ । यो कार्यक्रम जिल्लाको सन्दकपुर गाउँपालिकाका सबै (पाँचवटै वडा) र इलाम नगरपालिकाका चारवटा वडामा सञ्चालन हुनेछ ।

जोन सञ्चालनपछि कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोस्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गर्नेछ । किबी जोनअन्तर्गत किबीका विरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पँर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पँर्वाधारमा ८५ प्रतिशत र शतप्रतिशत प्राविधिक सेवामा किसानले अनुदान पाउनेछन् ।

चालँ आवबाट जिल्लाको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको ४ वटा वडामा सञ्चालन हुने कार्यक्रमका लागि प्रधानमन्त्री कृषि परियोजनाबाट १ करोड ३ लाख रुपियाँ बजेट उपलब्ध हुनेछ । सो बजेट कार्यन्वयन गर्न तथा जोन कार्यक्रम सञ्चालन गर्न किबी जोन सञ्चालक समिति गठन हुने परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम राउतले जानकारी दिनुभयो ।

‘जिल्लामा किबी खेती हुने गाउँपालिका तथा नगरपालिकाका गाउँमा परियोजनाअन्तर्गत नै पकेट र ब्लक कार्यक्रम सञ्चालन हुनेछ’ राउतले भन्नुभयो–‘विस्तारै जिल्लामा बृहत् रुपमा किबी खेती हुन थालेपछि किबीको सुपर जोन कार्यक्रम सञ्चालनको लागि पहल गर्नेछौं ।’ साबिक जिल्ला कषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा प्रतिहेक्टर एक दशमलव ५३ मेटिक टन किबीको उत्पादकत्व रहेको छ ।

नेपालको पँर्वी क्षत्रमा मात्रै पाँचलाख किलो किबी उत्पादन हुने गरेको तथ्यांक छ । इलाममा मात्रै बार्षिक सरसदर एकसय ३५ मेट्रिक टनभन्दा बढी किबी उत्पादन हुने गरेको छ । जिल्लामा किबी जोन कार्यक्रम पश्चात व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले कृषकलाई सहायताका कार्यक्रम सञ्चालन गर्नेछ ।