एनआरएनएले ‘टुरिजम प्रमोसन इयर’ मनाउने


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रवद्र्धन गर्नका निम्ति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०१९ लाई ‘टुरिजम प्रमोसन इयर’ का रूपमा मनाउने भएको छ ।

सरकारले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका मनाउने र २० लाख पर्यटक भित्र्याउने योजान अघि सारेको छ । सोमबार नेपाल पर्यटन बोर्ड र एनआरएनद्वारा आयोजित नेपालको पर्यटनका दीर्घकालीन रणनीति विकासमा एनआरएनएको भँमिका विषय अन्तत्र्रिmया कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले सन् २०१९ मा विश्वका ८० देशमा टुरिजम प्रमोसन कार्यक्रम गरिने बताउनुभयो हो ।

विश्वभर नेपाली छरिएर रहेका छन्, जहाँ नेपाली बसोबास गरिरहेका छन् यहाँ संघको सञ्जालबाट सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउन संघ लागिपरेको बताउनुभयो । संघको सहकार्यमा र विश्वभर बसोबास गरिरहेको नेपालीबाट नेपाल भ्रमण वर्षलाई सहयोग गर्न अभियान नै चलाउने अध्यक्ष भट्टको भनाइ थियो ।

नेपालमा पर्यटक भित्र्याउनको लागि ‘अतिथि देवो भवः’ अभियानलाई निरन्तरता दिँदै आएको र नेपाल आउने पर्यटकलाई लक्षित गरी ‘नमस्ते क्याम्पियन’को समेत शुरुवात गरिएको उहाँले बताउनुभयो । नेपालको पर्यटन क्षेको प्रचार प्रसारको लागि ‘तीन जना साथीलाई नेपाल पठाऊ’ अभियान समेत संञ्चालन गरिरहेको जानकारी दिँदै यस अभियानबाट नेपालको प्रचार प्रसारमा ठँलो टेवा पुग्ने भट्टको दाबी छ । उहाँले नेपाल आउने पर्यटकको स्तर नतोक्नसमेत सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतमा पनि बोर्डले एनआरएनएसँग सहकार्य गर्दै नेपालको पर्यटन प्रचार प्रसारमा महत्वपुर्ण भँमिका रहेको र आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र विभिन्न देशमा रहेका नेपालीले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन विदेशमा रहेका पर्यटन क्षेत्रका संघसंस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएको एनआरएनएका उपाध्यक्ष सपिला राजभण्डारीले बताउनुभयो । सगरमाथाको प्रचारप्रसारका लागि सगरमाथा आरोहण गरिसकेकासँग त्यहाँका टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा आफ्नो अनुभव प्रसारण र प्रकाशन गर्न समन्वय गरिरहेको राजभण्डारीले बताउनुभयो

कार्यक्रममा बोल्दै एक्सपिरेन्स नेपाल अभियानका संयोजक दिपेशमान साक्यले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन एनआरएनएले विश्वभर प्रर्वद्धन कार्यक्रम गर्ने बताउनु भयो ।
उहाँले सन् २०१७ मा युरोप भ्रमण वर्षका संयोजक समेत रहेका शाक्यले युरोपमा विभिन्न गतिविधीहरु गरिरहेकोदिनु भयो ।