टोस्टमास्टर अन्तर्राष्ट्रिय सम्मेलनमा रन्जित आचार्यलाई पुरस्कृत


काठमाडौंं, (नेस)
सिकागोमा आयोजित टोस्टमास्टर अन्तर्राष्ट्रिय सम्मेलनमा रन्जित आचार्यलाई प्रेसिडेन्सियल सिटेसनद्वारा सम्मान गरिएको छ ।

प्रेसिडेन्सियल पुरस्कारको लागि उक्त संगठनमा विशेष योगदान प¥याएका मानिसको नाम छनोट गर्ने गरिन्छ । उक्त कार्यक्रममा आचार्यले सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिएका थिए ।

डीटीएम आचार्यले ११९७ मा काठमाडौं टोस्टमास्टर्स क्लबबाट आफ््नो यात्रा शुरु गरेका हुन् । उनले २००४ मा दोस्रो क्लबको रुपमा एभरेष्ट टोस्टमास्टर्स क्लब स्थापना गरेका थिए ।

सन् २००६ बाट २००८ सम्ममा आचार्यले क्लबको प्रमुखको भँमिका निभाएका थिए । आचार्यलाई हाल डिभिजन १ अन्तर्गतको एरिया २ को एरिया डारेक्टरको रुपमा नियुुक्त गरिएको छ ।