शेयर बजार १३ अंकले घट्यो


काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक आइतबार १३ दशमलव शून्य १ अंकले घटेर १ हजार २ सय १४ दशमलव ३६ को बिन्दँमा कारोबार बन्द भएको छ ।
साताको पहिलो दिन आइतबार नेप्सेमा कुल १ सय ६० कम्पनीको १३ लाख ३७ हजार ५२६ कित्ता शेयर ४० करोड ७५ लाख १ हजार ४ सय ८१ रुपियाँ खरिद बिक्री भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । सो कम्पनीको २ करोड ६ लाख १८ हजार ३१ रुपियाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । जसको उक्त कम्पनीको शेयर मँल्यमा ९ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै नेसनल हाइड्रोपावर कम्पनी, हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले पनि उच्च नाफा गरेका छन् ।

उता लक्ष्मी लघुवित्त वित्तीय संस्था, भार्गव विकास बैंक, एनआइबीएल प्रगति फन्डका लगानीकर्ताले गुमाएका छन् । यस दिन उत्पादक तथा प्रशोधन समँह २ दशमलव ५९ अंकले र अन्य समँह शून्य दशमलव ९२ अंकले बढेको छ ।

त्यस्तै निर्जीवन बीमा समँह १०२ दशमलव २५ अंक, जीवन बीमा समँह ५४ दशमलव २९ अंक, होटल समूह ३७ दशमलव २२ अंक, विकास बैंक समँह २१ दशमलव २२ अंक, लघुवित्त समूह १८ दशमलव ८६ अंक, बैंकिङ समँह १३ दशमलव ५२ अंक, फाइनान्स समँह ५ दशमलव ८८ अंक र जलविद्युत् समँह २ दशमलव ८३ अंकले घटेका छन् ।

आइतबार ‘क’ वर्गका कम्पनीको मापन सेन्सेटिभ परिसँचक भने २ दशमलव ७१ अंकले घटेर २ सय ५७ दशमलव ५३ अंकमा पुगेर बन्द भएको छ ।