टीभीएस ३ मिलियन अपाचे अन रोड


काठमाडौं, (नेस)
टीभीएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचेले मोटरसाइकलको विश्वभर ३० लाख बिक्री र सक्रियताको यात्रा पार गरेको छ।

यसैको खुसियाली मनाउन टीभीएस मोटर कम्पनीले नेपालमा ¥यालीको आयोजना गरेको छ।सो ¥यालीमा जगदम्बा मोटर्सका प्रबन्धनिर्देशक साहिल अग्रवालले, टेकुको टीभीएस शोरुममा उद्घाटन गरेसंँगै ३ दिने लामो यो यात्रा शुरु भएको छ।

छ अन्तर्राष्ट्रिय चालकसहित टीभीएस अपाचे बाइकमा सवार हुँदै काठमाडौं, पोखरा र चितवन भएर कम्तिमा पनि ५०० किलोमिटर गुडी अन्तिममा काठमाडौँमा अक्टोबर २ मा फर्की ¥याली सम्पन्न हुनेछ।