सिंगटीको सुरुङ ‘ब्रेक थ्रु’


काठमाडौं (नेस)
२५ मेगावाट उत्पादन क्षमताको सिंगटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ ‘बे्रक थ्रु’ भएसँगै निर्माणको काम ८० प्रतिशत सकिएको छ ।

दोलखामा निर्माण भइरहेको आयोजनाको काम शुरु भएको २ वर्षमा ८० प्रतिशत निर्माण पँरा भएको सिंगटी आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बाँध क्षेत्रको निर्माण कार्य अन्तिम चरणमा रहेकोे छ भने सुरुङभित्र फिनिसिङको काम भइरहेको छ । आगामी चैतभित्र विद्युत् गृह निर्माणको काम पनि पँरा हुने कम्पनीको भनाइ छ ।

उक्त आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा जोडने तयारी गरिएको छ ।

विद्युत् विकास विभागबाट शुरुमा १६ मेगावाटको अनुमतिपत्र लिए पनि पछि क्षमता बढाएर २५ मेगावाट बनाइएको थियो । कुल ४ अर्ब ६३ करोड रुपियाँ बराबर लागत रहेको उक्त आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले ३ अर्ब ३० करोड रुपियाँ ऋण लगानी गरेका छन् भने १ अर्ब ४५ करोड रुपियाँ बराबरको इक्विटी रहेको छ ।