निगमले गन्तव्य २५ पु¥याउने


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल वायुसेवा निगमले थप चार आन्तरिक गन्तव्यमा उडान थप गरी २५ पु¥याउने भएको छ । आन्तरिक बजारमा बलियो उपस्थिति बनाउनका लागि थप उडान गन्तव्य थप गर्न लागेको निगमले जनाएको छ।

‘हाम्रो तालिकामा गन्तव्य थिए तर उडान भएको थिएन, विमान अभावका कारण अहिले निगमले दुर्गम क्षेत्रमा पनि उडान गर्न २५ गन्तव्यमा उडान गर्नको लागि योजना अगाडि सारेका छौं ।’ निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिनुभयो ।

निगमले घाटा ब्यहोरे भए पनि दुर्गम क्षेत्रमा सेवा प्रदान गर्ने लक्ष्यसहित उडान गर्न लागेको हो । आन्तरिक उडानमा ६ थान चिनियाँ र ३ थान ट्वीनअटर भए पनि हाल भने ४ थान विमानबाट मात्र आन्तरिक उडान गर्दै आएको छ ।

निगमले केही दिन अगाडिमात्रै लुक्ला र दाङमा नयाँ उडान गर्न थालेको थियो । निगमको चिनियाँ विमान वाई–१२ ई ले परीक्षण उडान भरेको थियो । हाल भने निगमको दुई वटा वाई–१२ ई, एक थान एमए–६० र एक ट्वीनअटर जहाजमार्फत आन्तरिक उडान भरिरहेको छ।

निगमको दुई थान वाई–१२ ई र एमए–६० प्रविधि समस्याले गर्दा ग्राउन्डेड अवस्थामा मर्मत भइरहेको निगमले जनाएको छ ।

निगमको ग्राउन्डेड ट्वीनअटर मंगलबारदेखि सञ्चालनमा आउने प्रवक्ता सिग्देलले बताउनुभयो । अरु विमान भने दशैंपछि सञ्चालनमा आउने निगमको भनाइ रहेको छ ।

दुर्गम क्षेत्रमा सहज हवाई सेवा पु¥याउनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्देशनसमेत दिनुभएको थियो । अहिले दुई वटा वाई १२ ई, एक एमए–६० र एक ट्वीनअटर विमानमार्फत आन्तरिक उडान गरिरहेको छ।

यसबाहेक पनि निगमसँग दुई वटा वाई १२ई, एमए ६० र एउटा ट्वीनअटर ग्राउन्डेड छ। ग्राउन्डेड ट्वीनअटर मंगलबारदेखि उडानमा आउने छ। तर, एमए–६० र दुई वटा वाई–१२ई जहाज भने दशैं अगाडि सञ्चालनमा आउने अवस्था नरहेको प्रवक्ता सिग्देलको भनाइ छ ।

ट्विनटर र वाई–१२ ई विमानमार्फत दुर्गम क्षेत्रमा निगमले उडान भरिरहेको छ भने एमए–६० ले भने तराई क्षेत्रमा नियमित उडान भरिरहेको छ । वाई–१२ई १७ सिट क्षमता एमए–६० विमानको ५६ सिट क्षमता रहेको छ । निगमले हाल आन्तरिक उडान अन्तर्राष्ट्रिय उडान र ग्राउन्ड ह्यान्डिलिङको काम गरिरहेको छ ।