ओपोको बेष्ट दशैं गिफ्ट क्याम्पेन


काठमाडौंं, (नेस)
ओपोले दशैं र तिहार लक्षित ‘बेष्ट दशैं गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओपो ब्रान्डका कुनै पनि फोनको खरिद गरी उपभोक्ताले ‘बेष्ट दशैं गिफ्ट’ क्याम्पेनमा सहभागिता जनाइ आकर्षक उपहार जित्न सक्छन् ।

उपभोक्तालाई फोनको खरिदमा एक थान ‘लक्की ड्र’ कुपन उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीकाअनुसार यसरी प्रदान गरिएका कुपनको अर्धकट्टी संकलन गरी दुईपटक गोला प्रथाको आयोजना गर्ने र छनोटमा परेका विजेतालाई आकर्षक उपहार प्रदान गरिने छ ।

कम्पनीका अनुसार पहिलो गोला प्रथा नोभेम्बर ५ मा आयोजना गरिने छ भने दोस्रोको डिसेम्बर ५ मा हुने कम्पनीले जनाएको छ । क्याम्पेनअन्तर्गत उपभोक्ताले पहिलो पुरस्कारका रुपमा सिंगापुर ट्रिप, दोस्रो ओपो एफनाइन, तेस्रो ३२ इन्च एलईडी टीभी, चौंथौ वुफर र पाँचौ पुरस्कारका रुपमा ओपो ब्याग जित्न सक्नेछन् ।