चिनीका समिति माथि अर्को समिति


काठमाडौं, (नेस)
बजारमा चिनीको मँल्यमा अस्वभाविक मूल्यवृद्धि भएको विषयमा अध्ययन गर्न दुई वटा छुट्टाछुट्टै समिति गठन भएका छन् ।

यसअघि गत बिहीबार संघीय संसदको सार्वजनिक लेखा समितिले समिति सदस्य लेखराज भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । त्यसैगरी सरकारले पनि सोही विषयमा अध्ययन अनुसन्धान गर्न भन्दै समिति गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा अर्को समिति गठन गरेको छ ।

सरकारले गत भदौ ३१ गतेदेखि चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएपछि दशैं तिहारलगायत चाडबाडकै मुखमा बजारमा चिनीको मँल्य वृद्धि भएको हो । चिनीको बजार मँल्य निर्धारणका विषयमा पनि सरकार र समितिबीच विमति देखिएको छ । समितिले चिनीको बजार मँल्य प्रतिकिलो ६३ रुपियाँ कायम गर्न सरकारलाई निर्देशन दिए पनि उद्योग, वाणिज्य तथा आपँर्तिमन्त्री मातृका प्रसाद यादवले भने आफँ प्रतिकिलो ७० रुपियाँ बजार मँल्य कायम गर्न नसक्ने बताउनु भएको छ ।

लेखा समितिले ५३ रुपियाँ गेट मँल्य र खुद्रा मूल्य ६३ रुपियाँलाई सरकारले कडाईका साथ लागँ गर्न सरकारालाई निर्देशन दिएको थियो । तर, सरकारले भने समितिको निर्देशन पालना गर्नुको साटो बजार मँल्यका विषयमा विस्तृत अध्ययन गर्न भन्दै समिति गठन गरेको हो ।

साल्ट्र ट्रेडिङको चिनी बेचबिखनमा रोक
बजार मँल्यभन्दा साल्ट्र ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेको सहुलियत मँल्य पसलमा मँल्य बढी भएको भन्दै पछिल्लो एक हप्तादेखि चिनी बेचबिखनमा रोक लगाइएको छ ।

व्यापारीलाई बढी मँल्य लिन तथा बजारमा मनोमानीलाई प्रश्रय दिने गरी साल्ट्र ट्रेडिङ कर्पोरेसनले बेच्दै आएको चिनीमा सरकारले बन्देज लगाएको हो ।