गोयनका समूहबाट सहयोग


काठमाडौं, (नेस)
गोयनका समँहबाट गोयनका स्टिल्स् प्रालिले नुवाकोट क्षेत्रमा रहेका डिलर, बिक्रेताको सहकार्यमा त्यस क्षेत्रमा बिक्री भएको फलामे छड र सिमेन्टको परिमाणलाई आधार मानेर यस क्षेत्रमा रहेका भँकम्पपीडितलाई सहयोग गरेको छ ।

नुवाकोट उद्योग वाणिज्य संघमार्फत कार्य गर्ने गरी गोयनका स्टिल्स प्रालिले ६ लाख ३० हजार र गोयनका सिमेन्ट प्रालिले रकम २ लाख ८५ हजार चेक उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको छ ।

नुवाकोट क्षेत्रमा रहेको आफ्ना डिलर, बिक्रेताको सहकार्य र आफ्नो कम्पनीवाट उत्पादित गुणस्तरीय फलामे छड र सिमेन्टलाई सो क्षेत्रको विकास तथा पुनर्निर्माणमा प्रयोग गरी आम उपभोक्ताको वर्षौेसम्मको लगानीलाई सुरक्षित बनाएकोमा प्रबन्ध निर्देशक अजय गोयनकाले धन्यवाद दिनुभयो ।