शिवम् सिमेन्टद्वारा ट्याक्सी चालकलाई ज्याकेट हस्तान्तरण


काठमाडौं, (नेस)
शिवम् सिमेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडांैको ट्याक्सी चालकलाई ज्याकेट उपलब्ध गराएको छ ।

यातायात व्यवस्था विभागले ट्याक्सी चालकलाई ज्याकेट अनिवार्य गराएको थियो । शिवम् सिमेन्टले पहिलो चरणअन्तर्गत ट्याक्सीलाई विजया दशमीको शुभकामना सहित एभरेष्ट क्याब सर्भिसको संयोजकत्वमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको हो ।

उक्त ज्याकेट काठमाडौं महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्पmबाट सिनियर ब्राड म्यानेजर केशव अर्यालले संयुक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गर्नु भएको थियो ।