प्रभु लाइफ इन्स्योरेन्सका पाँच नयाँ शाखा शुरू


काठमाडौं, (नेस)
प्रभु लाइफ इन्स्योरेन्सले बिहीबारदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरू महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा इलामउप–शाखा कार्यालयको एकैसाथ शुरु गरी कारोबार शुरु गरेको छ ।

प्रभु समँह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समँहको लगानी रहेको प्रभु लाइफले बीमाबजारलाई ग्रामिण तहसम्म पु¥याउने लक्ष्य लिएको छ।

दुई अर्ब चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्समा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपियाँ लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपियाँ बराबरको साधारण शेयर जारी गर्नेछ।