मंसिरसम्म दैनिक २५ किलो सुन


नेपाल समाचारपत्र, काठमाडौं
विवाहको सिजन तथा चाडपर्वका बेला सुनको माग उच्च भए पनि सरकारले नेपाल राष्ट्र बैंकको सिफारिस बमोजिम सुनको कोटा थप गर्न अस्वीकार गरेको छ ।

व्यवसायीले दैनिक ४० किलो सुन आयात गर्ने व्यवस्था मिलाउन भन्दै राष्ट्र बैंकदेखि अर्थ र प्रधानमन्त्री कार्यालयसम्म लविङ गरेका थिए । व्यवसायीको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले दैनिक ३० किलो सुन ल्याउन सकिने प्रस्ताव उद्योग वाणिज्य तथा आपँर्ति मन्त्रालयलाई पठाएको थियो । तर, उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालयले दैनिक २५ किलोसम्म सुन ल्याउन दिने निर्णय गरी व्यवसायीको माग र राष्ट्र बैंकको सिफारिस दुवै अस्वीकार गरेको हो ।

व्यापारघाटा उच्च भएको अवस्थामा अध्ययनबिना सुन आयातको कोटा थप्न नसकिने भन्दै उद्योग वाणिज्य तथा आपँर्ति मन्त्रालयले २५ किलोमा सीमित गरेको हो ।

वाणिज्य मन्त्रालयबाट दैनिक ५ किलो सुनको कोटा थप गरेर २५ किलो पठाउन सहमति दिए पनि राष्ट्र बैंकले भने अझै सर्कुलर जारी गरेको छैन ।
मन्त्रालयले मंसिर मसान्तसम्म दैनिक २५ किलोका दरले सुन ल्याउन सहमति दिएको छ । हाल २२ वटा वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । बैंकहरूले गत आर्थिक वर्ष २०७४÷७५ मा ३५ अर्ब ४७ करोड रुपियाँको सुन आयात गरेका थिए भने चालँ आवको दुई महिनामा चार अर्ब रुपियाँभन्दा बढीको सुन आयात भइसकेको छ ।

बजारमा पर्याप्त सुन आपँर्ति नहुँदा तस्कारीको सुन बिक्री भइरहेको छ भने प्रचलित मँल्यभन्दा प्रतितोला ३ हजारसम्म बढी मँल्य लिएर सुनको कारोबार भइरहेको बतइन्छ ।