२५ सय मेट्रिक टन चिनी भन्सारमै थन्कियो


कृष्णउदास खनाल, वीरगन्ज
सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेडले वीरगन्ज भित्राएको दुई हजार पाँच सय मेट्रिक टन चिनी सिर्सिया सुक्खा बन्दरगाहमा रोकिएको छ ।

साल्ट ट्रेडिङले भारतको गुजरातबाट आयात गरेको चिनी दुई सातादेखि सुख्खा बन्दरगाहको गोदाममा थन्किएको हो । वीरगन्ज सुक्खा बन्दरगाह भन्सारले जाँचपास गर्न अस्वीकार गरेपछि चिनी गोदाममा थन्किएको हो ।

वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेको सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत सँर्य सेढाइले बताउनुभयो । साल्ट ट्रेडिङको चिनी असोज ६ गते वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको थियो । सरकारले चिनी आयातमा १५ प्रतिशत भन्सार महशुललाई ३० प्रतिशत पु¥याएको छ ।

चिनीको न्यँनतम मँल्यांकनसमेत प्रतिमेट्रिक टन ४ सय ६० अमेरिकी डलर तोकिएको थियो । त्यसबेला व्यवसायीले ३ सय ३० डलरसम्ममा चिनी ल्याएका थिए । अन्तर्राष्ट्रिय बजारमा चिनीको मँल्यमा ठँलो गिरावट आएपछि स्वदेशी उद्योग संरक्षणको नाममा भन्सार बढाइएको थियो ।

भन्सार बढाउँदासमेत चिनी आउनेक्रम नरोकिएपछि कोटा लगाइएको हो । असोज १ गतेदेखि कुनै पनि नाकाबाट चिनी भित्रिएको छैन । सरकारले चिनीको आयातमा रोक लगाएपछि आन्तरिक बजारमा चिनीको भाउ बढ्न थालेको छ । सरकारले चिनी उद्योगीको प्रभावमा आयातमा कोटा लगाएको आरोप आयातकर्ता र उपभोक्तावादीले लगाइरहेका छन् ।
वीरगन्ज क्षेत्रमा प्रतिकिलो ५५ रुपियाँमा पाईने चिनी अहिले ७० रुपियाँसम्म पुगेको छ ।