केबीसी नेपालमा कोका–कोला आबद्ध


काठमाडौं, (नेस)
नेपाली संस्करण (केबीसी नेपाल ) मा कोका–कोला आबद्ध भएको छ । यो छिट्टै प्रसारणमा आउंन लागेको शो हो ।

आगामी दुई महिनाभित्र प्रसारणको तयारीमा रहेको कार्यक्रम ‘को बन्छ करोडपति’ कार्यक्रमले नेपालको टेलिभिजन इतिहासमा नयाँं आयाम थपिने विश्वास लिइएको छ । कोका–कोला जस्तो विश्वप्रशिद्ध उत्पादनको साथ मिल्नु धेरै गर्वको कुरा हो । कोका–कोला मात्रै होइन ‘को बन्छ करोडपति’ को लागि आफ्नो अमँल्य साथ दिने सबैलाई केबीसी नेपालको प्रमुख प्रायोजक अम्बुज सिंहले भन्नुभयो ।

एसआरबीएनका प्रबन्ध निर्देशक विपिन आचार्यले को बन्छ करोडपति कार्यक्रम मानिसको जीवनमा खुशी ल्याउंने एउटा माध्यम बन्ने बताउंनुभयो ।

डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको यस्तो कार्यक्रम प्रसारणमा ल्याउंने नेपाल १ सय ६१आंै देश बनेको छ । बेलायतमा सन् १९९८ सेप्टेम्बर ४ मा शुरु भएको थियो।