माथिल्लो दोर्दी ‘ए’ सुरुङ छेडियो


काठमाडौं, (नेस)
लिवर्टी इनर्जी कम्पनीले लमजुङको ढोडेनी फलेनीमा निर्माण गरिरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको २६२३ मिटर सुरुङ बिहीबार छेडिएको छ ।

कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्धक सञ्चालक आत्माराम घिमिरेले स्वीच अन गरी अन्तिम ब्रेक थ्रु को ब्लास्ट गर्नुभयो ।

कम्पनीका अध्यक्ष कुशकुमार जोशीले लक्षित समयभित्रै विद्युत् उत्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो । उत्पादित विद्युत खेर नजाने कुरा कम्पनी विश्वस्त रहेको पनि बताउनुभयो । यस्तै, सांसद धनन्जय दवाडीले लमजुङ लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभयो । उहाँले निर्माण क्रममा देखिने समस्या समाधान गर्न राजनीतिक दल र स्थानीयको पँर्ण सहयोग हुने पनि बताउनुभयो ।

राजनीतिक दल, स्थानीय, सरकारी निकाय तथा सरोकार समिति र कम्पनीका सम्पँर्ण कर्मचारीको सहयोगले समयमै सुरुङको काम पँरा भएको प्रबन्ध निर्देशक घिमिरेले बताउनुभयो । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखिएको पनि उहाँले बताउनुभयो ।

आयोजनाको हेडवक्र्सदेखि २६२३ मिटर सुरुङ र २८५४ मिटर पेनस्टक पाइप निर्माण रहनेछ ।

हालसम्म आयोजनाको करिब ८० प्रतिशत निर्माण पँरा भएको छ । आगामी फागुनसम्म आयोजनाका सम्पँर्ण संरचना निर्माण तथा उपकरण जडान गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् । ३ अर्ब ९६ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म २ अर्ब ६२ करोड ३५ लाख रुपियाँ खर्च भएको कम्पनीका सञ्चालक पाण्डेले जानकारी दिनुभयो ।