बैँकिङ कसुरको मुद्दामा फरार किष्ट बैंकका तत्कालीन प्रमुख पक्राउ


काठमाडौं । बैँकिङ कसुरको मुद्दामा फरार रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।  ज्ञवालीलाई  महेन्द्रनगर आसपासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले वताए  ।

महाशाखाले उनलाई अब फैसला कार्यान्वयनका लागि अदालतमा पेस गर्ने छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो । ६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै देखि ज्ञवाली फरार थिए ।

०७३ असोज ४ गते उच्च अदालतले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई  बैंकिङ कसूरमा दोषी ठहर गर्दैचार बर्ष कैद र सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो। कमसल धितोमा बढि कर्जा प्रवाह गरेको मुद्दा नेपाल राष्ट्र बैंक हुँदै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले छानविन थाले पछि ज्ञवाली फरार भएका थिए ।