प्रहरी सक्रियतामा अभियुक्त तत्कालै पक्राउ


चिरञ्जीवी मास्के
दोलखा । अपराध नियन्त्रणमा दोलखा प्रहरीले देखाएको सक्रियता र सजगताका कारण करिब ५ महिनाको अवधिमा बिभिन्न घट्नाका ६६ जना आरोपी पक्राउ परेका छन् ।

गत २०७५ जेठ २५ गते देखि असोज १८ गतेसम्म दर्ता भएका बिभिन्न अपराधिक घट्नाका ४७ वटा मुद्दाका ७८ जना अभियुक्त (आरोपी) रहेकोमा ६६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखामा करिब पाँच महिनाको अवधिमा कतव्र्य ज्यान ४, ज्यान मार्ने उद्योग २, सवारी ज्यान ३, जर्वजस्ति करणी ८, जर्वजस्ति करणी उद्योग ५, चोरी २, केहि सार्वजनिक अपराध १३, बहुविवाह ४, बैङ्कीङ कसुर १, सार्वजनिक कसुर २, नागरिकता कसुर १ र बाल विवाह २ गरी ४७ वटा अपराधिक घट्ना दर्ता भएको र त्यसका ६६ जना आरोपी पक्राउ परेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

सक्रियता, सामुहिक प्रयास, अनुसन्धानमा दक्षता र जिम्मेवारीको भावनाले काम गर्ने दोलखा प्रहरीको विशेषताले अपराधिक घट्नामा संलग्न अधिकांश अभियुक्तहरु पक्राउ पर्न सकेको प्रहरी नायव उपरीक्षक पाठकले बताए । पछिल्लो अवधिमा घट्नामा संलग्न अभियुक्तहरु तत्कालै पक्राउ पर्न सकेको र यसमा जिल्लामा कार्यरत प्रहरी जवान देखि प्रहरी अधिकृतहरु सबैको भूमिका प्रशंसनिय रहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पाठक बताउछन् ।

जिल्ला प्रहरी कार्यालय दोलखामा दर्ता भएका अपराधिक घट्नामा सबैभन्दा बढी केहि सार्वजनिक अपराधका १३ वटा र जर्वजस्ति करणीका ८ वटा रहेको प्रहरीले जनाएको छ । केहि सार्वजनिक अपराधमा २३ जना अभियुक्त रहेकोमा १७ जना पक्राउ परेको र ६ जना फरार रहेको तथा जर्वजस्ति करणीमा ८ जना अभियुक्त रहेकोमा ७ जना पक्राउ परेको र १ जना फरार रहेको प्रहरी नायव उपरीक्षक पाठकले बताए । त्यस बाहेक जर्वजस्ति करणी उद्योगका १, बहुविवाहका २ र सार्वजनिक कसुरका २ गरी १२ जना अभियुक्त पक्राउ गर्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखामा दर्ता भएका ४७ वटा अपराधिक घट्नाका मुद्दा बाहेक करिब पाँच महिनाको अवधिमा विष सेवनका ८, झुण्डिएर आत्महत्या १५, हाम फालेर आत्म हत्या १, भवितव्य ज्यान १६, वेवारीसे ज्यान २ तथा फुटकर ज्यान २ को वटा घट्ना दर्ता भएको प्रहरीले जनाएको छ ।