प्रधानसेनापति कतारी राजदूतबीच भेट


काठमाडौ(नेस) । प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाडौस्थित कतारका राजदुत युसुफ विन मोहम्मद अल हालीले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा राजदुत युसुफले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।