ज्ञापनपत्रपछि बिद्यार्थी संगठनमा लफडा


 

काठमाडौ । आफ्नो स्वार्थ पुरा नभएपछि २ महिना अघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको नाम बेचेर प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको राजिनामा मागेपछि पूर्व एमाले र माओवादी केन्द्रका बिद्यार्थीबीच बिवाद उत्पन्न भएको छ ।

पूर्व एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामा र पूर्व माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले बिहीबार गृह मन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएपछि दुवै संगठनमा असन्तुष्टी छताछुल्ल भएको छ ।

अखिलका महासचिव ऐन महरले प्रहरी प्रमुखको राजीनामा संगठनको आधिकारीक धारणा नभएको बताउनु भएको छ भने अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले पनि प्रहरी प्रमुखको राजिनामा बेमौसमको बाजाको संज्ञा दिनु भएको छ ।

कुनै पनि ब्यक्ति वा संगठन प्रमुखको राजिनामा माग्नु अघि संगठनमा छलफल नै नगरी ज्ञापनपत्र बुझाउनु केटाकेटीपन भएको अखिलका महासचिव महरले बताउनु भएको छ ।

दुवै संगठनबीच एकता भएको घोषणा गरिएपनि दुवै संगठनबाट नेतृत्वमा को जाने भन्ने टुंगो नलागेको र दुवै संगठनका अध्यक्षको हैसियत नै नभएको ब्यक्ति गएर ज्ञापनपत्र बुझाउनु उदेक लाग्दो बिषय भएको एक बिद्यार्थी नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए ।