भिरबाट लडेर वडा सदस्यको मृत्यु

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुलामा भिरबाट लडेर वडा सदस्यको घट्ना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ब्याँस गाउँपालिका वडा नम्बर ६ खाती गाउँका वडा सदस्य ६५ वर्षिय जयसिंह खाती रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला सदरमुकाम खलंगाबाट घर फर्कने बेला तिगरम घाटमा महाकाली नदि माथी लगाइएको झोलुङ्गे पुलको भारत तर्फको छेउबाट लडेर महाकाली नदि किनारमा परेका खातीको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

वडा सदस्य खाती भारतको बाटो भएर घर फर्किरहेका थिए । मृतक वडा सदस्यको शव पोष्टमार्टमका लागी भारतको धारचुलामा राखिएको प्रहरीले जनाएको छ । वडा सदस्य खाती नेपाली कांग्रेस पार्टीबाट निर्वाचित भएका थिए ।