जादु देखाउछु भन्दै मुखमा पेट्रोल हाली आगो लगाएपछी…

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
जादु देखाउछु भन्दै मुखमा पेट्रोल हालेर आगो लगाएका बैतडीका एक बालक जलेर घाइते भएका छन् । घाइते हुनेका दशरथचन्द नगरपालिका ४ बुदखोलाका १३ बर्षीय सन्तोष तिरुवा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

तिरुवाले आज दिउँसो साढे ३ बजेतिर गाउँमै साथीहरु जम्मा गरेर जादु देखाउछु भन्दै मुखमा पेट्रोल हालेर आफैले आगो लगाएको हो । घाइते तिरुवाको मुख र छाली आगोले जलेको छ ।

जलेर घाइते तिरुवाको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछी थप उपचारका लागी सुदूरपश्चिम उप क्षेत्रिय अस्पताल डडेल्धुरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।