नुवाकोट ।
वि.स. २०७२ को विनासकारी भूकम्पबाट मृत्यु भएकाहरुको सम्झनामा नुवाकोटको विदुर नगरपालिका वडा नं ४ को हावाघर परिषरमा निर्माण हुने भुकम्पपिडित स्मारक निर्माण गर्न गोयनका गुप्रले नुवाकोट उद्योग वााणिज्य संघलाई ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
गोयनका स्टिल्स प्रा. लि. ले ६ लाख ३० हजार २ सय ५८ रुपैया ७० पैसा र गोयनका सिमेन्ट प्रा.लि. ले २ लाख ८५ हजार ७ सय ७० रुपैयाँ हस्तान्तरण गरिएको हो । नुवाकोट उद्योग वाणिज्य संघ र गोयनकाको सहयोगमा हावाघर परिसरमा बन्ने भनिएकोस्मृति पार्क निर्माणको लागि उत्त सहयोग गरिएको गोयनका ग्रपका महाप्रबन्धक विनोद अधिकारीले बताए । गोयनकाले नुवाकोट आफुहरुको ठुलो बजार रहेको र त्यसको रिर्टन स्वरुप नुवाकोटमा बिक्री भएको सिमेन्टको प्रतिबोरा एकरुपैया र डन्डीको प्रतिकेजी १० पैसा संकलन गरि पार्क निर्माण सहयोग गरेको अधिकारीले बताए ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले गोयनकाले सहयोगले भुकम्पपिडितको नाममा स्मृति पार्क निर्माणमा आफुहरु उत्साहित भएको भन्दै स्मृति पार्कले भावि सन्ततिलाई इतिहासको बारेमा जानकारी दिने बताए । अध्यक्ष कार्कीले स्मृति पार्कमा भुकम्पबाट ज्यान गुमाएका व्यत्तिको नाम र ठेगाना मात्र नभइ सम्पुर्ण घाइतेहरुको समेत विवरण राखिने बताए ।
कार्यक्रममा नुवाकोट जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले भुकम्पपिडितको नाममा बन्न लागेको स्मृति पार्कले भावि पुस्तालाई सिक्ने अवसर प्रदान गर्ने बताए । त्यस्तै नागरिक समाजका अध्यक्ष बाबुराम लामिछानेले भुकम्पपछिको क्षतिको पुर्ति संभव नभएपनि सहयोगले प्रोत्साहन गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ,उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष धननारायण चित्रकार लगायतले स्मारक निर्माण गर्दा भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्मान हुने उल्लेख गरे । विं सं २०७२ को भूकम्पमा परी नुवाकोटमा ११ सय १२ जनाले ज्यान गुमाएका थिए । स्मारक निर्माण कार्य तिहार लगत्तै थाल्ने बताइएको छ ।











प्रतिक्रिया