विभिन्न सवारी दुर्घटनामा ५ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
कपिलवस्तु, भक्तपुर र सिन्धुलीमा भएको विभिन्न सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु शिबराज नगरपालिका(१ बेलौतीचोकस्थित महेन्द्र राजमार्गमा हाल नम्बर नखुलेको बसमा लु ६ प ४९६ नम्बरको मोटरसाइकल बुधबार ठक्कर खाई अनियन्त्रित भएर पुन रा।१ ख ७३२ नम्बरको ट्रिपरसँग ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ गढवा गाउँपालिका(१ बस्ने ३० बर्षीय रणबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार अर्घाखाँची सितगंगा नगरपालिका(९ का १५ बर्षीय सुजन रोका गम्भीर घाइते भएकाले लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका(६ पाण्डु बजारस्थित सडकमा बा।४ ख २६५० नम्बरको ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका बा।८८ प ८५२ नम्बरका मोटरसाइकल चालक काठमाडौं बागबजार बस्ने काभ्रे डराउने पोखरी(२ का २५ वर्षीय रामकृष्ण श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । फरार ट्रिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुली कमलामाई नगरपालिका(२ केराबारीस्थित बिपी राजमार्गमा बा।२ क २२९७ नम्बरको ट्रक बिहीबार सडकबाट करीब ३० मिटर तल खसेर दुर्घटना हुँदा ट्रकका सहचालक सप्तरी सप्तकोशी नगरपालिका(१ का १८ बर्षीय भोजबहादुर आचार्यको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्रक चालक धादिङ गजुरी(५ का ३० बर्षीय लोकबहादुर मगर गम्भीर घाइते भएकाले उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।