भक्तपुर ।
भक्तपुरका दुई स्थानबाट नगद तथा सुन समेत गरी करीब ७ लाख २ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । भक्तपुर मध्यपुर ठिमी नगरपालिका(३ गठ्ठाघर डेरा गरी बस्ने काभ्रे पाँचखालाका ३१ वर्षीय विवेक नेपालको कोठाबाट कोही नभएको समयमा करीब ३ लाख ४२ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको हो ।
यसैगरी भक्तपुर मध्यपुर ठिमी नगरपालिका(१ लोकन्थली डेरा गरी बस्ने कैलाली बर्जगोरिया गाउँपालिका(१ का ३० वर्षीय सालीमान साउदको कोठाबाट नगद २ लाख र सुनका गहना विभिन्न समेत गरी करीब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया