सिटी एक्सप्रेसको निःशुल्क बस सेवा


काठमाडौंं(नेस)
वैदेशिक रोेजगारीका लागि विदेशिने नेपालीलाई लक्षित गरी ७ दिने निःशुल्क बस सेवा सुरु गरिएको छ ।

यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गते सम्म त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल बाट शुरु भई रिङ्गरोड परिक्रमा गर्ने छ । दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस भन्ने भावनाले सो सेवा सुरु गरिएको हो ।

कार्यक्रममा कम्पनीकाप्रबन्ध निर्देशकचन्द्र टन्डन, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडलसिजन २ का ११ जनाटप फाइनलिस्टहरुले संयुक्तरुपमा रिबन सो सेवाको शुभारम्भ गर्नुभयो ।