अझै बैंक स्थापना भएनन्


किरन धामी, दार्चुला । दार्चुलाका ४ स्थानीय तहमा बंैक स्थापना हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको छ ।

जिल्लाका सबै स्थानीय तहहरुमा बंैक स्थापना गर्ने सरकारी लक्ष्य रहेको भए पनि हालसम्म बंैक स्थापना नहु“दा सेवा प्रवाहमा समस्या भएको हो ।
गाउ“ गाउ“मा सिंह दरवार भनेर भनिने भए पनि दार्चुलाका ४ स्थानीय तहहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राहीहरु विगतकै समस्या झेल्न बाध्य छन् ।

दार्चुलाका अपिहिमाल, नौगाड, दुहँु,र ब्याँस गाउँपालिकामा बैंक स्थापना हुन सकेका छैनन् । बंैक नहु“दा वडा तथा गाउ“पालिकाको कार्यालयबाट संकलन हुने राजश्व दाखिला गर्न समस्या हुने गरेको दुहुँ गाउ“पालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी बताउनुभयो । बंैक नह“ुदा साना तिना योजनाहरुको भुक्तानी गर्न समेत सदरमुकाम जानु पर्ने बाध्यता रहेको उहा“को भनाई छ ।

यस्तै जिल्लाको अपिहिमाल गाउपालिकामा पनि बैंक स्थापना नहुदा समस्या भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट ३ दिनको पैदल दुरीमा पर्ने अपिहिमालका स्थानिय बंैकिङ्ग काम काजका लागी जिल्ला सदरमुकाम खलंगा आउने गरेका छन् । ‘योजनाहरुको भुक्तानी लि“दा तथा खातामा पैसा जम्मा गर्नु पर्दा तिन दिन पैदल हिडेर आउनु पर्दछ, पैसा बोकेर आउदा ज्यानकोे असुरक्षा हुन्छ ।’

अपिहिमाल गाउँपालिका वडा नम्बर ४ खण्डेश्वरीका नरभान रोकायाले भन्नुभयो । ‘जिल्लाका ब्याँस, दुहुँ, नौगाड र अपिहिमाल गाउँपालिकामा अझै बैंक स्थापना हुन् सकेका छैनन् । महाकाली, शैल्यशिखर नगरपालिका र मालिकार्जुन, मार्मा तथा लेकम गाउ“पालिकामा भने यस अघि नै बंैकहरु स्थापना भई सकेका छन् । ’