प्रभु इन्स्योरेन्स र वयोधा हस्पिटल्सबीच सम्झौता


काठमाडौं(नेस)
प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधाहस्पिटल्स प्रा.लिबीच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्स प्रा.लि.कोतर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाटऔषधोपचार बीमा गराउने ग्राहकहरुले वयोधा हस्पिटल्समा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सीमा सम्मनगद रहित सुविधाप्राप्त गर्न सक्नेछन् ।