नेपाल चीन एक्स्पोको तयारी पुरा


नेपाल समाचारपत्र, ललितपुर
अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजले भोलि शुक्रबार शुरु हुने नेपाल चीन एक्स्पो –२०१८ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
ऐतिहासिक कला, संस्कृति, सम्पदाको जीवन्त संग्रहालयको रुपमा रहेको पाटन दरबार क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाएर सो मेला गर्न लागिएको हो । मेला पा“च दिनसम्म चल्ने छ ।

‘दुई देशबीचको संस्कृति, मौलिकता र परम्परा आदानप्रदान गर्ने सुवअवसरका रुपमा यस मेलालाई लिएका छौं । ’ समाजका अध्यक्ष अजरमान जोशीले भन्नुभयो । मेलाले दुई देशका जनताबीचको आपसी लाभ पुग्ने दिशामा ठोस टेवा पु¥याउनुका साथै मुलुकको आर्थिक विकास, व्यवसायीहरुको क्षमता विकास, बजार विस्तार गर्ने लगायत विविध पाटोमा महत्वपूर्ण भूमिका निर्वाह पनि जोशीको भनाई रहेको छ ।

मेलामा १ सय वटा स्टलहरु रहने छ ।त्यस मध्ये ६० वटा चीनको सामग्रीको स्टल रहने छ । मेलामा नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीको स्टल रहने छ ।त्यसैगरी चीनमा उत्पादन हुने कपडा, जुता, बालबालिकाहरूको निम्ति ज्ञानवद्र्धक, मनोरञ्जन दिलाउने सामग्री, स्टेशनरी, दैनिक अत्यावश्यक, उपकरण र हार्डवेयर, स्पोर्टिङ उपकरण र विभिन्न प्रविधिहरु प्रदर्शनी र बिक्रीका लागि राखिने छ ।

मेलाबाट स्वेदशी व्यवसायी, बिक्रेताहरुलाई आफ्नो उत्पादन अन्तर्राष्ट्रिय रुपमा विकास गर्ने अवसर पाउने बताइएको छ ।‘ दुई देशका नागरिकबीचको आपसी अध्ययन तथा ज्ञान, सीप आदानप्रदान, पर्यटन र व्यवसायिक विकासमा पनि मेलाले टेवा पु¥याउने हाम्रो विश्वास रहेको छ ।’ अध्यक्ष जोशीले भन्नुभयो ।

मेलाले दुई देशबीचको संस्कृति र व्यवसायलाई सम्बन्ध विस्तार गर्ने बलियो आधारका रुपमा स्थापित गर्ने बताइएको छ । मेलामा लुभुको टेक्सटायल उद्योग प्रर्वद्धन गर्न ढाका र सुति कपडाका विभिन्न डिजाईनहरुको विशेष प्रस्तुती फेसन शो पनि रहेको छ । त्यसैगरी मेला अवधिभर विभिन्न आधुनिक तथा चर्चित बायण्डहरुको सांगतिक प्रस्तुतीको मज्जा लुट्न सकिने छ ।

मेलाको लागि अरनिको समाज र चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रको महत्वपूर्ण सहयोग रहेको छ । चीनले अघि सारेको वन बेल्ट वन रोडले (ओबिओआर) बाट नेपालमा पर्यटन, कृषि, उर्जा, उद्योग र पूर्वाधार विकासमा प्रशस्त लाभ लिन सकिने सम्भावनालाई समेत मध्यनजर गर्दै त्यसमा सकारात्मक योगदान दिने पनि मेलाको एक महत्वपूर्ण उद्देश्य रहेको अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले बताउनुभयो ।करिब दुई लाखले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।