मोटरसाईकल दर्ता प्रक्रिया रोकियो


नेपाल समाचारपत्र, काठमाडौं

सरकारले यातायात व्यवस्था नियमावली संसोधन नगर्दा वाग्मतीमा नयाँ मोटरसाईकल दर्ता प्रक्रिया रोकिएको छ । वाग्मती अञ्चलमा ९९ लट सम्म मोटरसाइकल दर्ता भइसकेको छ । अव १ सय अंकको नंम्वर अर्थात तीन अंकको मोटरसाईकल दर्ता गर्नको लागि कानूनी अड्चनका वीच नियमावली संसोधन नभए सम्म दर्ता प्रक्रिया रोकिएको हो ।

विभागका महानिर्देशक लावण्य ढकालका अनुसार नियमावली संसोधनको लागि मन्त्रीपरिषदमा पठाइएको छ । अव बस्ने मन्त्रिपरिषदले नियमावली संशोधित स्वीकृत भएपछि दिन अगाडि रोकिएको दर्ता प्रक्रिया नियमित हुने महानिर्देशक ढकाललको भनाई रहेको छ ।

सरकारले इम्वास्ट नम्वर लागु गर्ने भएसंगै विभागले ३ अंकको नम्वर दर्ता गर्न पाउने गरी नियमावली संशोधन गर्न आवश्यक ठानेको थिएन । तर इम्वोस नम्वर हाल जडानमा रोक लागेकोले नियमावली संसोधन गर्नुपर्ने वाध्यकारी परिस्थिति उत्पन्न भएकोे महानिर्देशक ढकालले बताउनुभयो। कानूनी अड्चनका कारण रोकिएकोले हो केही दिनमा नै दर्ता सुचारु हुने विभागले जनाएको छ ।

दशैंमा मोटरलाईकल कम्पनीहरुले दिने आकर्षक छुटका कारण मोटरलाईकल विक्री बढी हुने गरको थियो । सरकारले समयमा नै संसोधन नगर्दा उपझोता र मोटरसाइकल विक्रेता कम्पनी हरु समेत मारमा परेका छन् ।

यातायात व्यवस्थाका अनुसार काठमाडौंमा ‘बा ९९ प’ मा ‘९९९९’सम्म मोटरसाइकल दर्ता भईसकेको छ ।वाग्मतीमा अञ्चलमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।