प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै


काठमाडौं । प्रधानमन्त्री केपी ओली झण्डै दुई साता लामो अमेरिकाको भ्रमण सकेर आज स्वदेश फर्कदै छन् ।

प्रधानमन्त्री ओली अपरान्ह पौने ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् ।

संयुक्त राष्ट्र संघको ७३औं महासभामा भाग लिन असोज ६ गते अमेरिकाको न्यूर्योक गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् ।