सरकारको पहिलो दशै जनताका लागि महंगो साबित, चुलिएको निगमको मासिक घाटा


काठमाडौं(नेस)
नेपाल आयल निगमको मासिक घाटा चुलिएको छ । १६ सेप्टेम्वरमा पाएको मूल्य सुचीमा मुल्य समायोजन गर्दा मासिक रुपमा ६३ करोड ३४ लाख घाटा निगमको थियो ।

तर भारतीय आयल कर्पाेरेसन १ अक्टोवरमा पठाएको नयाँ मूल्य सुची अनुसार निगमलाई मासिक १ अर्व २९ करोड रुपियाँ पेट्रोलियम पदार्थमा घाटा रहेको निगमले जनाएको छ ।

पछिल्ला महिनामा अन्तर्राष्ट्रिय मूल्यमा पेट्रोलियम पर्दाथको मूल्य उल्लेख्य बढेर जाँदा निगमको मासिक घाटा बढेर गएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले जानकारी दिनुभयो । अर्का तर्फ अमेरिकी डलरको तुलनमा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएको कारणले गर्दा पनि निगमको घाटा बढेको हो ।

नयाँ मूल्य सुची अनुसार निगमलाई १५ दिनमा मात्रै ६४ करोड करोड ५० लाख रुपियाँ घाटा हुने छ । निगमका अनुसार अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपियाँ ४५ पैसा , डिजलमा ४ रुपियाँ ४३ रुपियाँ एलपि ग्यास (खाना पकाउने) पैसा प्रतिसिलिण्डर ४ सय ४ रुपियाँ ७३ पैसा घाटा रहेको छ ।

सेक्टेम्वर ५ मा निगमले मुल्य समायोजन गर्दा १५ दिनमा ११ करोड १५ लाख घाटा रहेको थियो । यता सेक्टेम्वर १६ तारिको आइओसीको नयाँ मूल्य सुची अनुसार ३१ करोड ६७ लाख रुपियाँ घाटा रहेको थियो । निगमले अघिल्लो पटक मूल्य समायोजन गर्दा पनि पेट्रोलमा २ रुपियाँ ९२ पैसा डिजेलमा २ रुपियाँ ७२ पैसा र एलपी ग्याँसमा प्रतिलिटर ३ सय ९ रुपियाँ ७९ पैसा घाटा रहेको थियो ।

यता १५ दिनमा नै पेट्रोलियम पर्दाथ अघिल्लो १५ दिनमा बढेको रकमको तुलनामा दोव्बरले बढेर गएको छ । एलपी ग्यासमा १५ दिनमा करिव ९६ रुपियाँले बढेर गएको छ । वामपन्थी सरकारको पहिलो दशैंँ भने जनतालाई महंगो सावित भएको छ । अन्तराष्ट्रिय बजारमा खाद्य सामाग्री र डलरको भाउ बढेर जादा नेपालीलाई दशैं महंगो हुन गएको हो ।

 

निगमका अनुसार नयाँ मूल्य सुची अनुसार नेपाल र भारतको सीमाक्षेत्रमा पेट्रोलको मूल्य भारत भन्दा नेपालको सिमानमा प्रतिलिटर ३१ रुपियाँ ७५ पैसा सस्तो रहेको छ । यता डिजेलको भने ३० रुपियाँ १६ पैसा सस्तो रहेको छ । सरकारले भारतीय बजारकै तुलनामा मूल्य समायोजन नगर्दा भारतीहरु नेपालका सीमा क्षेत्रमा आएर पेट्रोलियम पदार्थ भारत तीरै बिक्री गर्न लाने गरेका छन् ।