वासिङटन (एजेन्सी)
राष्ट्रपति डोनाल्ड ट्रम्पले कर चोरीको माध्यमबाट आफना पिता न्युयोर्कका चर्चित विल्डर फ्रेड सी ट्रम्पको करोडौं डलर बराबरको सम्पती हासिल गरेको अमेरिकाको एक अखबारले आरोप लगाएको छ ।
न्युयोर्क टाइम्सले आफनो उक्त समाचारमा ट्रम्पले राष्टपति चुनावका क्रममा आफ्नै बलबुटामा अर्बपति बनेको र लामो समयदेखि उनका पिता फ्रेड ट्रम्पबाट उनले कुनै आर्थिक मद्दत नपाएको बताउँदै आएका थिए ।
गोप्य कर फिर्ता तथा अन्य कयौं दस्तावेज र आर्थिक अभिलेखका आधारमा द टाइम्सको जाँचमा ट्रम्पले आफना पिताको रियल एस्टेटको साम्राज्यबाट अहिलेको हािसबले कम्तिमा ४१ करोड ३० लाख डलर प्राप्त गरेको भेटिएको अखबारले दावी गरेको छ । त्यसमा धेरैजसो धनरासी ट्रम्पले आफना मातापितालाई कर तिर्नबाट बच्न मद्दत गरेका कारण पाएका थिए थिए ।
समाचारमा उनका भाइबहिनीले आफना पिताबाट उपहारमा पाएको अर्बौं सम्पती लुकाउन फर्जी कम्पनी बनाएको उल्लेख गरिएको छ । ट्रम्पले लाखौं डलर कर लुकाउन आफनो पितालाई मद्दत गरेको अभिलेखबाट पत्ता लागेको बताइएको छ । उनले आफना बुबा र आमाको रियल एस्टेटको सम्पतीका कम मुल्यांकन गर्ने रणनिति बनाउनमा पनि मद्दत गरे । ती सम्पती उनलाई र उनका भाइबहिनीलाई हस्तान्तरण गरेपछि धरै न्युन भएको थियो ।
ह्वाइट हाउसले उक्त खबरमा असन्तोष ब्यक्त गर्दै न्युयोर्क टाइम्सलाई माफी माग्न भनेको छ । ह्वाइट हाउसका सारा सेन्डर्सले फ्रेड ट्रम्प वितेको करिब २० बर्ष भइसकेको छ र बेकम्मा न्युयोर्क टाइम्सद्वारा ट्रम्प परिवार विरुद्ध यो भ्रामक हमला हुनु दुखद हो ।
प्रतिक्रिया