दु्रतमार्गको डीपीआर बनाउन सेना र कोरियन कम्पनीबीच सम्झौता


नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं–तराई÷मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन नेपाली सेना र कोरियाली कम्पनी सुसुङ इन्जिनियरिङबीच सम्झौता भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो आयोजनाको बनाउने जिम्मा पाएको सेनाले कोरियाली कम्पनीलाई डीपीआर बनाउने जिम्मा दिएको हो । मंगलबार भएको सम्झौतापत्रमा दु्रतमार्ग आयोजना प्रमुख एवमु उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ इन्जिनियरिङका अध्यक्ष कि ह्युन ह्वाङले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार सेनाले कम्पनीलाई डीपीआर बनाउन १० करोड १२ लाख रुपियाँ दिनेछ । अबको साढे तीन महिनाभित्र डीपीआर तयार हुने नेपाली सेनाले जनाएको छ । डीपीआरको लागि कम्पनीले कार्तिक ४ गतेबाट काम थाल्ने सेनाले जनाएको छ । डीपीआर १०५ दिनभित्र तयार हुने जनाइएको छ ।

द्रुतमार्गको डीपीआरका लागि १६ परामर्शदाता कम्पनीले आवेदन दिएका थिए । एसियाली विकास बंैकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभँत र प्रारम्भिक कार्य गर्दै आएको छ ।

भारतीय कम्पनी आइएल एन्ड एफएसले यसअघि तयार पारेको डीपीआर सेनाले खरिद गर्ने भने पनि मँल्यमा सहमति नजुटेपछि सेनाले नयाँ डीपीआर बनाउन परामर्शदाता छनोट गरेको हो ।

सरकारले यसअघि यस आयोजना निर्माणको जिम्मा सेनाले दिएलगत्तै सेनाले निर्माणको काम तीव्र गतिमा गरिरहेको छ । कुल ७६ किलोमिटर लम्बाई हुने यस फास्ट ट्रयाक निर्माण कार्य ४ वर्षभित्र सम्पन्न गर्न सरकारले सेनालाई जिम्मा दिएको हो ।