प्रदेशले छुट्टै सहकारी बोर्ड गठन गर्ने तयारी


चितवन, (नेस)
प्रदेश नम्बर ३ का भँमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारी ऐन जारी भएपछि प्रदेशको छुट्टै सहकारी बोर्ड स्थापना गर्ने बताउनु भएको छ ।
मंगलबार भरतपुरमा आयोजना गरिएको बचत तथा ऋण सहकारी संस्थामा सहकारी ऐन नियमावली तथा कोषको विषयमा प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लामाले एक महिनाभित्रै सहकारी ऐन जारी गर्ने र त्यसपछि बोर्ड स्थापना गरिने बताउनुभयो । सहकारी ऐन निर्माण गर्दा पनि छुटेका कुरा सहकारी विकास बोर्डमार्फत सम्बोधन गरिने मन्त्री लामाको भनाइ छ ।

एक महिनाभित्रै सहकारी ऐन जारी गर्ने उद्देश्यका साथ तीव्र रुपमा काम भइरहेको उहाँले
बताउनुभयो ।
संघीय सरकारले सहकारी ऐन जारी गरेको भए पनि प्रदेशको लागि छुट्टै सहकारी
ऐनको मस्यौदा तयार पारेर छलफल भइरहेको लामाको भनाइ छ । सहकारी ऐन जारी
भएपछि सहकारीले उत्पादनमँलक काममा लगानी गर्न पाउने मन्त्री लामाको विश्वास छ ।

 

सहकारीले सदस्यलाई ऋण दिएर ब्याजमात्रै खाने परिपाटीको अन्त्यका गर्दै उत्पादनमँलक
काममा सहकारीलाई सहभागी गराउने ऐन निर्माण भएको लामाको दाबी छ । गोष्ठीमा
प्रदेश नम्बर ३ का १२ जिल्लाका बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा प्रतिनिधि
लगायत विभिन्न सहकारीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

गोष्ठीका क्रममा सहकारीकर्मीले संघीय ऐनले सहकारीलाई दिएको सम्पँर्ण ऐन
प्रदेश ऐनले समेत दिने गरी गठन गर्नुपर्ने बताए । बचत तथा ऋण सहकारी संस्थाहरुका
लागि छुट्टै ऐन हुनुपर्ने भन्दै सहकारीकर्मीले सहकारीको ऋणमा युवालाई दिइने
छुटमा प्रदेश ऐनले व्यवस्था गर्नुपर्ने बताए । गोष्ठीका क्रममा विभिन्न व्यक्तिहरुले
सहकारी सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।