प्रभु इन्स्योरेन्स र बयोधा हस्पिटल्सबीच सम्झौता


काठमाडौं, (नेस)
प्रभु इन्स्योरेन्स र बयोधा हस्पिटल्स प्रालिबीच नगद रहित सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा बयोधा हस्पिटल्स प्रालिको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले बयोधा हस्पिटल्समा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।