माउन्टेन इनर्जीसँग शेयर निष्काशन गर्न सम्झौता


काठमाडौं, (नेस)
माउन्टेन इनर्जी नेपालले ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड तथा सीबीआईएल क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि माउन्टेन इनर्जी नेपालको तर्फबाट सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा सीबीआईएल क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समिर प्रसाद दाहालद्वारा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गरिने सम्झौता भएको छ ।