‘पर्यटकीय गन्तव्यमा एकीकृत पूर्वाधार पु¥याउन आवश्यक’


नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले मुलुकमा पर्यटनको समग्र विकास गर्न सडक यातायात मुख्य सहयोगी हुने भएकाले राष्ट्रिय प्राथमिकतामा सडक पँर्वाधार रहेको बताउनुभएको छ । होमस्टे एसोसिएसनको आयोजनामा पर्यटनमार्फत समृद्धि कार्यक्रममा उपाध्यक्ष कँडेलले एउटा गन्तव्यबाट अर्को गन्तव्यमा पुग्ने बाटो नहुँदा पर्यटकीय स्थलसम्म पर्यटक पुग्न नसकेको बताउनुभयो ।

उपाध्यक्ष कँडेलले पँर्वाधार पुगेका ठाउँलाई गुणस्तर वृद्धि गर्न ध्यान दिनुपर्ने बताउँदै सीमित गन्तव्य पहिचान गरी थप गर्नुपर्ने बताउनुभयो । सम्भावना बोकेका पर्यटकीय गन्तव्यमा एकीकृत पँर्वाधार पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पँरा गर्न संविधान र सरकारको नीति कार्यक्रमलाई आधार बनाएर अगाडि बढ्नुपर्ने बताउँदै उपाध्यक्ष कँडेलले योजना ‘भुत मुखी होइन भविष्य मुखी’ बनाऔं भन्नुभयो ।

उहाँले थप्नुभयो–‘अब यो भएन, त्यो भएन भन्ने होइन यो हुनुप¥यो भनेर किटान साथ भनिदिनुभए राष्ट्रिय योजना आयोगले नीतिगत रुपमा सघाउन सजिलो हुने थियो ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयालले पर्यटन व्यवसायलाई साना उद्योगको रुपमा स्थापित गर्न सकिए सामाजिक परदर्शीता देखिने र रोजगारी र व्यवसायिक वृद्धि हुने बताउनुभयो । उहाँले पर्यटनको विकास गर्न सरकारले आकर्षण बढाउने र सुरक्षाको प्रत्याभँति गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पँर्वसहसचिव प्रतिक ढकालले पर्यटनमार्फत समृद्धि विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । होमस्टे एसोसिएसनका अध्यक्ष भीमबहादुर केसीले कार्यपत्रमाथि उठेका सवाल र समाधानको निश्कर्ष पर्यटन मन्त्रालयलाई बुझाउने बताउनुभयो ।